कपाल स्याहार्ने काइदा
मोडल मिरान्डा केर कपालको हेरचारमा बढी नै सचेत छिन्। 'कपाल धुनेदेखि यसको स्याहारसुसार गर्ने मेरो आफ्नै समय तालिका छ,' उनले भनिन्, 'यसैअनुसार चल्ने गरेकी छु।' तीस वर्षीया मिरान्डा कपालमा नरिवलको तेल लगाउँछिन्। कपालको चमक नहराओस् भनेर कन्डिसनर लगाउने गरेको उनी बताउँछिन्। 'कपालको बढी स्याहार गर्ने बानी परिसकेछ, कपाललाई बेवास्ता गरेर त बस्नै सक्दिनँ,' उनको कपाल मोह चर्को छ।
|
0 comments
Write Down Your Responses