कुलेखानी भरिन लाग्यो, लोडसेटिङ घट्ने


१ कातिक, काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणको पावर व्याकअपका रुपमा रहादै आएको कुलेखानी जलाशय भरिन अब ८५ सेमि बाँकी छ । असोजमा पनि लगातार वर्षात भएकाले सञ्चित पानीको सतह बढेपछि लोडसेडिङ कम हुने विश्वास प्राधिकरण अधिकारीले गरेका छन् । जलाधार क्षेत्रमा सोमबारदेखि बुधबार विहानसम्म वर्षात भएकाले कुलेखानी भरिन लागेको हो । बिहीबार दिउासोसम्म कुलेखानी जलाशयमा १ हजार ५ सय २९ दशमलव १५ सेन्टिमिटर पानीको सतह रहेको छ । जलाशय भरिन अब ८५ सेन्टिमिटरमात्र बाँकी रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । विद्युत्त प्राधिकरणका एक प्राविधिकले कुलेखानी भरिनै लागेका यो वर्ष गत वर्ष जस्तो लोडसेडिङको मार व्यहोर्नुनपर्ने बताए । जलाशय भरिएपछि मात्र कुलेखानी सञ्चालनमा ल्याउने सोचमा विद्युत्त प्राधिकरण रहेको छ । ‘बुधबार र विहीबार मंगलबारको जस्तै वर्षात भएको भए विहीबार दिउासोसम्ममा जलाशय भरिन्थ्यो’, कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भन्नुभयो, ‘अब एक दुई दिनमा जलाशय भरिन्छ ।’ जलाशयमा समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर पानी सञ्चय गर्न सकिन्छ । कुलेखानी पहिलो र दोस्रोबाट क्रमशः ६० र ९० मेगावट विद्युत्त उत्पादन हुने गरेको विवरणसहितको प्रताप विष्टले हेटौंडाबाट लेखेको समाचार आजको कान्तिपुर दैनिकमा छापिको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.