मंसिर ४ मा एक करोड २१ लाखले मतदान गर्न पाउने
१० कात्तिक, काठमाडौं । आगामी मंसिर ४ मा हुने संविधासभा निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार ८६५ मतादाताले मतदान गर्ने अधिकार प्राप्त गरेका छन् ।
आयोगले विभिन्न चरणमा तस्बिरसहितको मतदाता नामावली सङ्कलनमा गरी आागामी मङ्सिर ४ गतेको निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो । आयोगले १६ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई पनि नामावलीमा सूचीकृत गरेको थियो । यसरी सूचीकृत गरेका मतदातामा करिब एक करोड २४ लाख रहेका थिए तर १६ वर्ष पुगेकाले मताधिकार हुँदैन ।
तीमध्ये मतदानका लागि योग्य अर्थात् १८ वर्ष उमेर पुगेका मतदाताको अन्तिम नामावली सार्वजानिक गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँ ज्ािल्लामा पाँच लाख ३२ हजार ११० र मनाङमा चार हजार ७९५ रहेको जनाइएको छ ।
|
0 comments
Write Down Your Responses