छिमेकीको गुप्तांग टोक्नेलाई ७ वर्ष जेल
रिस खा आफु, बुद्धि खा अरु भन्ने त सुन्नुभएकै होला । रिसको झोँकमा साथीको गुप्तांग टोकिदिएपछि एक पुरुषले जेलको हावा खानुपरेको छ ।
बेलायतको क्यान्टरबरीस्थित एक
अपार्टमेन्टमा चर्को स्वरमा गीत बजाएर सुनिरहेको बेला ज्यासन मार्टिनलाई
सोही अपार्टमेन्टमा बस्ने एक पुरुषले म्युजिक सिस्टमको भोल्युम कम बनाउन
आग्रह गरे । मस्त रुपमा गित सुनेर मज्जा लुटिरहेका बेला कसैले आवाज सानो
बनाउने निर्देशन दिएपछि उनको रिसको पारो यति तात्यो कि उनले काबुमा राख्नै
सकेनन् । उनले तत्कालै ती छिमेकी पुरुषमाथि जाइ लागे, उनको पाइजामा भित्र
हात लगेर लिंग र अण्डकोष च्वाप्पै समाइदिए । त्यतिले मात्र पुगेन उनले
हातले समाएको छिमेकीको गुप्तांगलाई दाँतले चपाइदिए ।
आफ्नो गुप्तांगमा ज्यासनले दाँत गाडेपछि
विचरा ती पुरुष रन्थनिएर चिच्याउन थाले । अरु छिमेकीले प्रहरीलाई
ग्ाुहारेपछि ज्यासनलाई प्रहरीले पक्रेर लगे । प्रहरीले पक्रिँदाखेरि
ज्यासनले छिमेकीको गुप्तांग्ाबाट मुख त हटाएका थिए, तर उनको मुखभरि रगत
लतपतिएको थियो । चिकित्सकहरुले विचरा ती पुरुषको गुप्तांगमा टाँका लगाएर
उपचार गरे । नाम नखुलाइएका ती पुरुषको अवस्था सुधारोन्मुख छ ।
उता छिमेकीको लिंग टोक्ने ज्यासनलाई
क्यान्टरबरी क्राउन कोर्टकी महिला न्यायाधीशले ७ वर्षको जेल सजाय सुनाएकी
छिन् । अदालतमा ज्यासनले आफ्नो कसूर इन्कार गर्दै आफुले टोक्दाखेरि त्यो
चिज उनको लिंग र अण्डकोष हो भन्ने कुरा थाहा नपाएको तथा आफुले सामान्य
रुपमा मुसाले टोकेजस्तै टोकेको र घाउ नबनाएको दाबी गरे ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses