धमाधम फेसबुकमा खाता खोल्दै कांग्रेसका उम्मेदवार


२ कात्तिक, काठमाण्डौं । सामाजिक सञ्जालका माध्यमबाट चुनाव प्रचारप्रसारका लागि कांग्रेसले प्रत्यक्ष तर्फका ८० उम्मेदवारको फेसबुक एकाउन्ट खोलेको छ । सामाजिक सञ्जालको प्रभाव बढी हुने भएकाले सबै उम्मेदवारले इमेल र फेसबुक एकाउन्ट खोल्ने अभियानअन्तर्गत ८० जनाजतिको फेसबुक एकाउन्ट खोलेको हो । कांग्रेसको पक्षमा जनमत बढाउन पार्टी कार्यालयले छुट्टै आइटी सेक्सनमार्फत प्रचारको यस्तो शैली थालिएको नेता दीपकुमार उपाध्यायले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ । ‘बढ्दो सामाजिक सञ्जाल र प्रयोगपछि चुनावी प्रचारलाई उपयोगी बनाउन फेसबुक एकाउन्ट खोल्नेदेखि पेजसमेत बनाइएको हो,’ उपाध्यायले भने, ‘प्रविधिमा धेरैको पहुँच बढे्पछि हामीले सबै उम्मेदवारका लागि यो अभियान थालेका हौं ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.