एमाले उमेद्वार मृत घोसित !

 काठमाडौं २४ असोज। अज्ञात समूहले हानेको गोली लागी घाइते भएका नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जले बिहीबार मध्याहृन आलमको मृत्यु भएको घोषणा गरेको छ ।
आलमको पार्थिव शरीरलाई नेपाली सेनाको हेलिकोप्टरबाट गृहजिल्ला बारा लगिएको छ । भोलिमा अन्त्यष्टि गरिने पारिवारका सदस्यहरुले बताएका छन् । त्यसअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि एमाले पार्टी मुख्यालय बल्खुमा राखिएको थियो ।
एमाले अध्यक्ष झलनाथ खनालसहितका नेताहरुले आलमको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धान्जली अर्पण गर्नु भएको थियो । एमाले अध्यक्ष खनालले मुस्लिम नेतृत्वमाथि पटक पटक आक्रमण भएको भन्दै यो ेपालको राजनीतिमा अन्त्यन्त गम्भीर भएको बताउनुभयो । घटनाका पछाडि कुन शक्ति थियो भन्नेबारे अध्ययन भइरहेको भन्दै उहाँले नेपाललाई आतंकित पार्ने सोचलाई सफल हुन नदिने बताउनुभयो ।
असोज १७ गते बारा ४ मा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट आलममाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका २ जनाको समूहले आलममाथि बाराको परवानीपुरमा गोली हानेको थियो । कन्चटमा गोली लागका आलमलाई काठमाडौं ल्याई उपचार थालिएपनि मस्तिकले काम गरेको थिएन । आलम एमाले केन्द्रीय सदस्यका साथै मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष समेत हुनुहुन्थ्यो ।
- स्रोत - अनलाइनखबर  
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.