आजदेखि सवै निर्वाचन क्षेत्रमा नेपाली सेना
सरकारले एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनको सुरक्षाका लागि खटाउने योजना बनाएको छ ।
जस अन्तर्गत नेपाल प्रहरी र निर्वाचनको प्रयोजनका लागि तयार पारिएका म्यादी प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेरमा सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ । सशस्त्रले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी सहयोगी भूमिका निर्वाह गर्ने छ ।
त्यस्तै नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । सोही जिम्मेवारी अनुसार नेपाली सेनाले आजदेखि सम्पूर्ण निर्वाचन क्षेत्रमा आ आफ्नो टोलीलाई परिचालन गर्नेछ ।
![]() |


0 comments
Write Down Your Responses