मतदाता परिचयपत्र छाप्दै निर्वाचन आयोग
काठमाडौं,
कार्तिक २ -
निर्वाचन आयोगले अर्को सातादेखि संविधानसभा निर्वाचनका लागि अस्थायी
प्रकृतिको मतदाता परिचयपत्र छाप्ने भएको छ । कान्तिपथस्थित आयोग
परिसरभित्रै रहेको प्रेसले १० दिनभित्र परिचयपत्र छापिसक्ने छ ।
'मतदाता नामावली छपाइका लागि प्रयोग भइरहेको प्रेसको क्षमता विस्तार गरेर परिचयपत्र छाप्ने व्यवस्था गरिएको छ,' प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, 'नामावलीको सूची छपाइको काम सकिन लागेकाले अर्को साताबाट परिचयपत्र छाप्ने काम थालिनेछ ।'
टेन्डरमार्फत स्थायी प्रकृतिको मतदाता परिचयपत्र छाप्ने यसअघिको योजना असफल भएपछि आयोगले साधारण कागजमा आफंैले छापेर परिचयपत्र दिन लागेको हो । 'यस्तो परिचयपत्र कम्तीमा एक/दुई चुनावका लागि टिक्ने खालको हुनेछ,' उप्रेतीले भने, 'त्यतिन्जेलमा गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने अपेक्षा छ ।' गृहले नागरिकताको समेत विकल्प हुने गरी प्रदान गर्ने राष्ट्रिय परिचयपत्र वितरण गरेपछि आयोगलाई छुट्टै मतदाता परिचयपत्र आवश्यक पर्दैन ।
रंगीन मतदाता परिचयपत्र छपाइका लागि आयोगले कागज आफंैले खरिद गर्नेछ भने प्लास्टिकको कार्ड होल्डर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको निवर्ाचन सहयोग कार्यक्रम (यूएनडीपी ईएसपी) ले उपलब्ध गराउने छ । यसअघि यूएनडीपी ईएसपीले मतपत्र छपाइका लागि आवश्यक कागज उपलब्ध गराएको थियो ।
आयोगले वितरण गर्ने परिचयपत्र अस्थायी प्रकृतिको भए पनि कुनै प्रकारले नक्कल उतार्न वा पुनः उत्पादन गर्न नमिल्ने सुरक्षित प्रकृतिको हुनेछ । 'परिचयपत्रको नक्कल उतार्न नमिल्ने गरी माइक्रो टेक्सट राखिने छ,' प्रमुख आयुक्त उप्रेतीले भने, 'माइक्रो टेक्सटमा के सामग्री हुन्छ भन्ने गोप्य छ ।'
नेपाल सरकार र निर्वाचन आयोगको लोगो दायाँबायाँ राखेर निर्वाचन आयोग नेपालको ब्यानरमुनि 'मतदाता परिचयपत्र' को डिजाइन गरिएको छ । यसको दायाँतर्फ मतदाताको फोटो रहने परिचयपत्रमा मतदाता नम्बर, मतदाताको नाम, थर, जन्ममिति र नागरिकता नं. उल्लेख हुनेछ । परिचयपत्रमा मतदाताको आमा र बाबु दुवैको परिचय हुनेछ भने श्रीमान् वा श्रीमतीको समेत नामथर उल्लेख गरिनेछ । मतदाताको ठेगानाका अतिरिक्त मतदान केन्द्रसमेत उल्लेख भएको परिचयपत्रमा निर्वाचन आयोगका सचिव र तोकिएका अधिकारीको हस्ताक्षर हुनेछ । निर्वाचनमा हुन सक्ने धाँधली रोक्न परिचयपत्र सहयोगी हुने आयोगको विश्वास छ ।
(आयोगले दिएको जानकारीका आधारमा कान्तिपुरले तयार गरेको स्केच)
नेपाल सरकार र निर्वाचन आयोगको लोगो
निर्वाचन आयोग नेपाल
मतदाता परिचयपत्र
दायाँतर्फ फोटो
मतदाता नम्बर
मतदाताको नाम, थर
जन्ममिति
नागरिकता नं.
आमाको नाम, थर
बाबुको नाम, थर
श्रीमान् वा श्रीमतीको नाम, थर
स्थायी ठेगाना- जिल्ला....गाविस/नपा.....वडा नं....
मतदान केन्द्रको नाम .........
दायाँतर्फ आयोगको सचिवको हस्ताक्षर

|
0 comments
Write Down Your Responses