श्रीमान् त्याग्ने नायिका
आधुनिक यूगकी सुन्दरी
सेलिब्रेटी फोटोग्राफर टेरी ओ'नीलाई विश्वास गर्ने हो भने हलिउड सुपरस्टार एन्जेलिना जोली नै आधुनिक युगकी एकमात्र त्यस्ती सुन्दरी हुन् जसले पर्दाका महानायिकाहरू मर्लिन मुनरो र एवा गार्डनरसँग प्रतिस्पर्धा गर्न सक्छिन्। बेलायती फोटोग्राफरले आफ्नो सफल करियरका क्रममा विश्वका थुप्रै सुन्दरीका तस्बिर खिचेका छन्। उनका अनुसार आजको समयमा एउटी सुन्दरी त्यस्ती छिन् जो अरूभन्दा निकै माथि छिन्, उनी हुन् 'टम्ब राईडर' की नायिका एन्जेलिना जोली। ओ'नील भन्छन्— 'एवा गार्डनर, लाना टर्नर, मर्लिन मुनरोको सुन्दरता अति नै मोहक तथा गजबको थियो तर आजको समयमा जोली मात्र त्यस्ती युवती हुन् जो त्यही श्रेणीमा कायम रहन सफल छिन्।'
नाओमीको सौन्दर्य रहस्य
सुपरमोडल नाओमी क्याम्बेलले आफ्नो सुन्दर शरीरको रहस्य सार्वजनिक गरेकी छिन्। लामो समयपछि र्याम्पमार्फत मोडलिङ क्षेत्रमा पुनरागमन गर्ने यी मोडलले खानपिनमा नियन्त्रण गरेकै कारण आफ्नो शरीरलाई सुन्दर राख्न सफल भएको बताएकी छिन्। नाओमीका अनुसार हालै र्याम्पमा पुनरागमन गर्नुअघि करिब १० दिन उनले केवल जूस मात्र पिएकी थिइन्। एउटा अमेरिकी पत्रिकाका अनुसार ४३ वर्षीया यी मोडलको सुन्दरताको रहस्य नै जुस हो। उनी गाजर, अदुवा तथा अनारको जुस मात्र पिउँछिन्। त्यसो त नाओमीले लामो समयपछि र्याम्पमा प्रस्तुत हुँदा नर्भस भएको समेत उल्लेख गरेकी छिन्।
0 comments
Write Down Your Responses