विश्वकपमा पुग्ने क्रिकेटरलाई जनही १० लाख पुरस्कार सिफरिस
१२ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ट्वान्टी-२० विश्पकपका लागि छनोट भएको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही १० लाख पुरस्कार दिन सिफारिस गरेको छ ।
राखेपले खेलाडी र प्रशिक्षकलाई जनही १०/१०
लाख र अफिसियललाई ३-३ लाख नदग पुरस्कार दिन खेलकुद मन्त्रालयसमक्ष सिफारिस
गरेको हो । ‘हामीले बोर्डले पछि अनुमोदन गर्ने गरी प्रतेक खेलाडीलाई १०/१०
लाख दिन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिस गरेका छौं’ सदस्य सचिव
युवराज लामाले अनलाइनखबरसँग भन्नुभयो ।
सिमित श्रोत र साधनका बावजुद पनि सिमित
राष्ट्रहरुको मात्र पहुँच रहेको क्रिकेटको विश्वस्तरिय प्रतियोगितामा
प्रवेश गर्नु भनेको खेलाडी, प्रशिक्षक र संघको बहादुरी भएको राखेपले बताएको
छ ।
नेपाली टोली यूएई जानु अघि बैद्य अर्गनाइजेशनले नेपाल विश्वकपमा पुगे
उत्कृष्ट खेलाडीलाई कार दिने घोषणा गरेको थियो भने निजी क्षेत्रका विभिन्न
संघ संस्थाले नेपाली टोलीका १५ खेलाडीलाई २ वर्षसम्म मासिक १५ हजार दिने
बताएका थिए ।
|
0 comments
Write Down Your Responses