काठमाण्डौंमा समानुपातिक तर्फ राप्रपा नेपाल पहिलो
९ मंसिर, काठमाण्डौं । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन तर्फ राप्रपा नेपालले कुनै सिट नल्याएपनि समानुपातिक तर्फ भने काठमाण्डौमा पहिलो स्थानमा आएको छ । काठमाण्डौंको समानुपातिक तर्फ ७५ प्रतिशत मतगणना सम्पन्न हुँदासम्म राप्रपाले अग्रता लिएको हो ।
अहिलेसम्मको गणनामा राप्रपा नेपालले ७८
हजार ६ सय १९ मत ल्याएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली
कांग्रेसले ७६ हजार ८ सय १९ मत ल्याएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेले भने
६० हजार ४ सय ६६ मत ल्याएको छ । समानुपातिक तर्फ एकीकृत नेकपा माओवादीले
भने ३५ हजार ९ सय १२ मत प्राप्त गरेको छ ।
देशभरको परिणाममा एमाले अगाडि
समानुपातिक तर्फको अहिलेसम्म प्राप्त मत अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले २ लाख ४ हजार ६ सय ९ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ९१ हजार ८३ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको एकीकृत नेकपा माओवादीले १ लाख २९ हजार ८ सय ८३ मत प्राप्त गरेको छ ।
काठमाण्डौंमा पहिलो स्थानमा रहेको राप्रपा नेपाल देशभरको गणनामा भने चौथो स्थानमा परेको छ । राप्रपा नेपालले अहिलेसम्म ६४ हजार ५ सय ४२ मत प्राप्त गरेको छ । त्यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले २८ हजार ३ सय ८५ मत प्राप्त गरेको छ । छैटौं स्थानमा रहेको जनमोर्चाले १५ हजार १८ मत प्राप्त गरेको छ ।

|
0 comments
Write Down Your Responses