समाचार
»
३ दलका अध्यक्षहरूको हार
३ दलका अध्यक्षहरूको हार
सर्लाही, मंसिर ९ - संविधानसभा निर्वाचनमा यहाँ ठूला ३ दलका केन्द्रीय अध्यक्ष नै पराजित बन्न पुगेका छन् । एमाले अध्यक्ष झलनाथ खनाल, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पराजित भएका हुन् । मधेसवादी दल र प्रमुख दलकै अध्यक्षको पराजय अपेक्षित थिएन ।
क्षेत्र ६ मा कांग्रेसका अमरेस सिंह १७ हजार ४ सय मत ल्याएर विजयी भए । पूर्व सभासद शिवपुजन राय र महन्थ ठाकुर सोही क्षेत्रबाट पराजित भए । त्यसैगरी क्षेत्र ४ मा तराई मधेस सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्रप्रसाद यादव ११ हजार ५ सय ३४ मत ल्याएर विजयी बने । निकटतम प्रतिस्पर्धी सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष महतोको ८ हजार ७ सय ९० मतमात्र आयो । क्षेत्र ५ मा तमलोपाका जंगीलाल राय ९ हजार ७ सय ७६ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी सद्भावनाका प्रमोद साहले ७ हजार ७ सय २३ मत ल्याएका थिए ।
क्षेत्र ३ मा एमालेका हरि उप्रेती १२ हजार ८ सय ८ मत ल्याएर विजयी बनेका छन् । निकटतम प्रतिस्पर्धी एमाओवादीका भरत थापाले ९ हजार ९८ मत ल्याएका थिए । क्षेत्र १ मा अघिल्लो दिन कांग्रेस छाडेर एमाओवादीको टिकटमा उम्मेदवार बनेका शम्भुलालले खनाललाई पराजित गरे । अघिल्लो निर्वाचनमा एमालेले जितेको उक्त क्षेत्र सुरक्षित ठानेर खनालाई उठाइएको थियो ।
रौतहट संवाददाता शिव पुरीका अनुसार रौतहटको क्षेत्र ३ बाट एमाओवादीका प्रभु साह पुनः विजयी भए । ४ मा एमाओवादीका सत्यनारायण भगत र ६ मा एमालेका रामकुमार भट्टराई विजयी भएका छन् । क्षेत्र ३ मा अघिल्लो चुनाव जितेका एमाओवादीका साहले फोरम नेपालका किशोरी यादवलाई १३ हजार ९ मत ल्याएर हराएका छन् । फोरम नेपालका यादवले १० हजार २ सय १ मत प्राप्त गरेका
छन् । एमालेका हृदयनारायण साह ५ हजार ९८ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् । यो क्षेत्रमा चुनाव प्रचारप्रसारका क्रममा फोरम नेपाल र एमाओवादीबीच ३ पटकसम्म झडप र गोली हानाहानको घटना भएको थियो ।
कांग्रेसका जिल्ला अध्यक्ष कृष्ण यादवलाई पारजित गर्दै एमाओवादीका सत्यनारायण भगतले क्षेत्र ४ मा अघिल्लो चुनावमा हारेको बदला लिएका छन् । भगत १० हजार ८ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरला यादवले ९ हजार ८ सय १२ मत प्राप्त गरेकी छन् । यो क्षेत्रमा अध्यक्ष यादवले ७ हजार ८ सय ८५ मत ल्याई तेस्रो स्थानमा चित्त बुझाएको छ ।
यता चौधरी बाहुल्य रहेको क्षेत्र ५ मा २ पटकसम्म सांसद बनिसकेका गोविन्द चौधरीलाई पछि पार्दै कांग्रेसका सुनिलकुमार यादव विजयी भएका छन् । यादवले ११ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वासु चौधरीले ८ हजार ९१ मत प्राप्त गरेका छन् । अघिल्लो चुनावमा चौधरीसँग पारजित भएका एमाओवादीका बिन्देश्वार यादव भने यसपटक ७ हजार ७ सय ७६ मत ल्याई तेस्रो स्थानमा पुगेका छन् ।
बुटवल सहकर्मीका अनुसार एमाले सचिव विष्णु पौडेलले विरोधमा उत्रन छाडेर जनमतको सम्मान गर्न र हारलाई स्वीकार गरेर अगाडि बढ्न एमाओवादीलाई सुझाव दिएका छन् । श्ानिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पराजयलाई स्वीकार गर्नु मात्र लोकतान्त्रिक अभ्यास भएकाले लोकतान्त्रिक बन्न एमाओवादीलाई आग्रह गरे । 'प्रचण्ड र बाबुरामजीले लोकतन्त्रको सम्मान गर्नुपर्छ । लोकतन्त्रमा जनताले जस्तो जनमत दिन्छन् । त्यसैलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन,' उनले
भने । संविधानमा राज्य पुनर्संरचना गर्दा एकल जातीय पहिचान कायम गर्ने एजेन्डाप्रति जनताकोे असहमति भएकै कारण एमाओवादीलगायतका मधेस केन्दि्रत दलप्रति जनमत घटेको सचिव पौडेलको तर्क थियो ।
|
|
0 comments
Write Down Your Responses