ज्वाइद्वारा खुकुरी प्रहार गरिएकी सासुको मृत्यु

कात्तिक, काठमाडौँ । सुनसरी जिल्लाको इटहरी-८ बसपार्क क्षेत्रमा बसोवास गर्दै आएका ४० वर्षीय अनिल चौधरीले आफ्नै सासु ४२ वर्षीया पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गर्दा उनको ज्यान गएको छ ।

धारिलो हतियार प्रयोगबाट गम्भीर घाइते भएकी पुगेकी पुनमको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै गएराति मृत्यु भएको हो ।

घरायसी सामान्य विवाद भएको समयमा ज्वाइ अनिलले सासु पुनमलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने अनिललाई राति नै इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस 

0 comments

Write Down Your Responses

Powered by Blogger.