साहरुख र रणवीरको टक्कर !

मुम्बई (एजेन्सी), कार्तिक- नौजवान युवतीहरुको मनमा राज गर्न सफल उदाउँदा सुपरस्टार रणवीर कपुर र रोमान्स किङ साहरुख खानबीच टक्कर हुने भएको छ । व्यक्तिगत जीवनमा होइन्, फिल्लमा । यसअघि सन् २००७ मा पनि कपुर अभिनित सावरिया र खानको ओम शान्ति ओमबीच टक्कर चलेको थियो ।

अघिल्लो टक्करमा बाजी मारेका खानको लागि आगामी बर्ष हुने टक्करमा धक्का पनि लाग्न सक्छ । किनकी, कपुर खानदानका पछिल्लो पुस्ता रणवीर सुपरस्टार बन्ने दौडमा छन् ।

स्रोतका अनुसार आगामी बर्ष साहरुख अभिनित ह्याप्पी न्यू ईयर र रणवीर अभिनित जग्गा जासुस रिलिज हुँदैछन् । दुवै चलचित्र पर्व बिदाको मौकामा रिलिज गर्ने तयारी छ । दुवै चलचित्र अर्को बर्ष दीपावलीको मौकामा रिलिज गर्ने तयारी भइरहेको बुझिएको छ ।

यो टक्करले एउटा प्रमाण पेश गर्नेछ-बलिउडका बादशाद साहरुख नै हुन् वा अरु नै आइसके ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.