बन्द अपडेटः कहाँ के भयो ?
काठमाडौं, कार्तिक २५ - नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्ताल बिहानैदेखि देशभर प्रभाव परेको छ । सरकारले बन्द निष्क्रिय बनाउन विशेष सुरक्षा तयारी गरेपनि विभिन्न स्थानमा भएको विष्फोट र गाडीमा गरिएको अागजनीले भयका कारण सवारी साधन चलेका छैनन् । राजधानीका सडकमा पनि फाटफुट सवारी मात्र संचालनमा छन् ।
बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प भएका छन् । सडकमा बन्दकर्ताको उपस्थिति पातलाे छ । प्रहरीले तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
खिलराज नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोर्चाले बन्दलगायतका विरोधका कार्यक्रम गरेर बिथोल्ने प्रयास गरेको छ ।
बन्दका क्रममा विभिन्न जिल्लामा सवारी तोडफोड भएका छन् भने केही ठाउँमा शंकास्पद वस्तु फेला परेको छ ।
प्रेसकाे गाडीमा पनि तोडफोड
मकर श्रेष्ठ
राजधानीमा केही सवारी तोडफोड गरिएको छ भने आधा दर्जन स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल विद्युत प्राधिकरण अगाडि राखिएको बम डिस्पोज गरिएको छ । बुद्धनगर, गोंगबु, धापासी, डिल्लीबजार, कमलपोखरी, महाराजगंजमा पनि शंकास्पद वस्तु भेटिएका छन् । यद्यपी त्यहाँ बम भेटिएनन्, कुकरमा भूस राखिएको तथा खतरा भनेर बोरा राखिएको भेटिएको छ । त्रास फैलाउन जताजतै शंकास्पद वस्तु राखिएको छ ।
कोटेश्वरमा नागरिक दैनिकको बा ४ च ४८७२ नम्बरको गाडी तोडफोड गरिएको छ । सुविधानगर तीनकुनेमा पार्किङ गरिएको बा ६ च ५५११ र बा ३ च ७८२२ सवारी तोडफोड गरिएको छ ।
तीनकुनेमै टि्रटन कलेजमा पार्किङ गरिएको बा ४ च २४३२ सेन्ट्रो कार र ग्लोबल कलेज अगाडि रहेको कांग्रेस सम्पर्क कार्यालय तोडफोड गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार प्रहरीले काठमाडौंबाट २३ जना र ललितपुरबाट १५ जना पक्राउ गरेको छ । तीमध्ये नागरिक दैनिकको गाडी जलाउने तीन जना पनि पक्राउ परेका छन् ।
त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको एउटा जीपमा पनि आगजानी गरेको छ ।
यात्रु बाहक सवारीमा आगजानी भएपछि सुरक्षा नभएको भन्दै कोटेश्वर पूर्वका जिल्लामा सञ्चालन हुने बस ठप्प छ । सवारी जलाएपछि असुरक्षाको महसुस गरेर सवारी सञ्चालन नभएको हो । यातायात सुचारु गर्न बसपार्कमा बिहान बस तयारी अवस्थामा राखेपनि व्यवसायीले असुरक्षाका कारण सेवा सञ्चालन गर्न नमानेको उनले बताए ।
त्यस्तै भक्तपुरको खरिपाटीस्थित शान्ति मन्त्रालयको बा. १ झ. ७०८४ नम्बरको पार्किङ गरिराखेको गाडीका राती एक बजे आगजनी गरि फरार भएका छन् । आगजनी गरेको थाहा पाएलगत्तै स्थानियले आगो नियन्त्रणमा लिएकाले गाडी आशिक क्षति भएकोे प्रहरीले जनाएको छ ।
त्यस्तै सानोथिमि एसओएस नजिकैको एक वालुवा डिपोमा रोकिराखेको बसमा आगजनी गर्दा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
भक्तपुरका एसपी जगतमान श्रेष्ठले आगो लगाउने समूहको खोजी भइरहेको बताए ।
चितवनको विभिन्न ठाउँमा बिष्फोट
दीपेन्द बडुवाल
चितवन - चितवनका विभिन्न ठाउंमा बम विष्फोट गराइएको छ । जिल्ला स्थित युनिफाइड सुरक्षा स्रोतका अनुसार बिहान पुर्वी चितवनको भण्डारा र रत्ननगरमा केही व्यक्तिले विष्फोट गराएर भागेका थिए ।
सुरक्षा अधिकारीका अनुसार रत्ननगरमा सिलिण्डर बम विष्फोट गराएका थिए । त्यसैगरी मोर्चाका कार्यकर्ताले पश्चिम चितवनको शिवनगर ९ मा सिमेण्टको बोरामा तारा बाहिर निकालेर शंकाष्पद बस्तु राखेका छन । भने भरतपुर नगरपालिका १३ आनन्दचोकमा पनि शंकास्पद फेला परेको छ । शंकास्पद बस्तु फेला परेका ठाउंमा सुरक्षाकर्मीका टोली पुगेको छन । बिहानै देखि हडतालको असर देखिएको छ । बिहान सवारी शुन्य संचालन भएपनि अहिले हलुका सवारी साधन चल्न थालेका छन । कलकारखाना, शैक्षिक संस्था, बजार ठप्प छन ।
एमाओवादी कार्यालयमा बिस्फोट
अबधेशकुमार झा
धनकुटा । एकिकृत नेकपा माओवादीको धनकुटा स्थित निर्माणधिन पार्टी कार्यालयमा आज बिहान सुतली बम बिस्फोट गराइएको छ । बिहान ७ वजेर ३३ मिनेटमा धनकुटा ७ स्थित एमाओवादीको निर्माणधिन कार्यालयमा ठुलो आवाज सहित बिस्फोट भएको थियो । बिस्फोटको आवाज ठुलो भएपनि भवनमा कुनै क्षति भएको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेषराज थान्दारले एमाओवादीको निर्माणधिन कार्यालयको क्षतमा बिस्फोटन गराइएपनि कुनै क्षति नभएको बताए ।
शंकास्पद वस्तुले सर्वसाधारण आतंकित
रवीन्द्र उप्रेती
महोत्तरी , २५ कात्तिक - सर्लाही सीमासंग जोडिएको महोत्तरीको कान्तिवजारमा आईतवार राति शंकास्पद वस्तु राखिएको छ । लक्ष्मिनिया ३ स्थित स्वास्थ्य चौकीनजिक ग्राभेल सडककोबीचमा राखिएकेा 'खतरा' लेखिएको कार्टुनले सवैलाई आतंकित तुल्याएको छ ।
शंकास्पद कार्टुन रहेको स्थानलाई नेपाल प्रहरीका तीन टोलीले रातीदेखि नै घेरावन्दी गरि सुरक्षा नियंत्रणमा लिएको गौशालास्थित इलाका प्रहरीका कार्यालयका प्रहरी निरीक्षक दीपक गिरीले जनाए । सदरमुकाम जलेश्वरदेखि करिव ६५ किमी दूरीमा फेला परेको उक्त शंकास्पद वस्तु जाँच गर्न नेपाली सेनाको बम डिस्पोजल टोली केही बेरमै घटनास्थल पुग्ने जनाईएको छ ।
दोलखामा बसमा अागजनी
राजेन्द्र मानन्धर
दोलखामा अरनिको यातायात सेवा समितिको २ वटा बसमा आगजानी गरेको छ । समितिका सचिव श्याम लामा का अनुसार दोलखा बसपार्कमा पार्किङ गरिराखेको बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा र सानोठिमीमा ना ३ ख ३७११ नम्बरको आगजानी भएको छ । विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।
गाईघाटमा बम विस्फोट
डिल्लीराम खतिवडा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा बिहान ४ बजे ७ मिनेटको अन्तरमा ४ वटा बम बिस्फोट भएको छ । नयाँ बसर्पाकको आसपाको क्षेत्र, पुरानो गाईघाट र गाईघाट बजारको उत्तर र पश्चिम तर्फ विस्फोटन भएको छ । मासिर ४ को निर्वाचन असफल पार्न नेकपा - माओवादीले नेतृत्व गरेका ३३ दलिय आज गरेको आमहडताल सफल पार्न बिस्फोटन गराईएको हुन सक्ने प्रहरीले अनुमान गरेकेा छ ।

|
0 comments
Write Down Your Responses