२५ हजार क्षतिपूर्ति तत्कालै
इलाम - आजदेखि आह्वान गरिएको १० दिने बन्दका बेला इलाममा कुनै सवारी साधनमाथि तोडफोड भए स्थानीय प्रशासनले तत्कालै २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने जानकारी दिँदै यातायात सुचारु राख्न आग्रह गरेको छ।
झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग र भित्री सडकहरुमा सवारी साधन भने गुडेका छैनन्।
बन्द आह्वान गरिएको १० दिनको अवधिमा सवारी साधनमाथि कुनै समूहबाट तोडफोड भएमा २५ हजार तुरुन्त उपलव्ध गराउने र क्षतिको अवस्था तथा प्रकृति मूल्यांकन गरी ९० प्रतिशतसम्म स्थानीय प्रशासनको सिफारिसमा सरकारबाट दिलाउने इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए।
निर्वाचनलाई मध्यनजर गरी मंसिर ५ गतेसम्म इलामको सुरक्षाव्यवस्था चुस्त पारिएको अवगत गराउँदै प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले निर्भयपूर्वक सवारी साधन चलाउन सबैलाई अपिल गरेका छन्। यात्रु, चालक र यातायात कर्मचारी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिँदै खतिवडाले शिक्षण संस्था, कलकारखाना र हाटबजारसमेत खुला राख्न आग्रह गरेका छन्।

0 comments
Write Down Your Responses