९
मङ्सिर, काठमाडौं । संविधानसभा निर्वाचनको समानुपातिक प्रणालीको मतगणनाका
क्रममा राप्रपा नेपालले काठमाडौंमा अपत्यारिलो ढंगले अग्रता लिएको छ ।
पछिल्लो मत गणनामा सो पार्टीले क्षेत्र नं. २ मा १५ हजार ७ सय ९० मत
प्राप्त गरेको छ भने एमालेले १३ हजार ६ सय ६२ मत पाएको छ, कााग्रेसले ११
हजार ४३ मत पाएको छ भने एमाओवादीले ६ हजार २ सय ९६ मत पाएर चौथो स्थानमा छ ।
अनलाइनखबरलाई प्राप्त पछिल्लो विवरणअनुसार राप्रपा नेपालले क्षेत्र नं ४
मा ११ हजार ३५५ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले १० हजार २ सय ३ मत
पाएको छ, एमालेले ६ हजार ७ सय ९६ मत पाएको छ । एमाओवादीले चार हजार ९ सय
४२ मत पाएको छ ।
राप्रपा नेपालले क्षेत्र नं. ५ मा ११ हजार १८२ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कााग्रेसको १० हजार २ सय २८ मत एमालेको १० हजार २ सय ८५ मत
छ भने एमाओवादीको तीन हजार ५ सय २ मत छ ।
काठमाडौं १ देखि १० सम्मको गणनाअनुसार राप्रपा नेपालले एक लाख ६ हजार ८
सय ३०, नेकाले एक लाख चार हजार ७ सय ७९, एमालेले ८९ हजार २८ र एमाओवादीले
५८ हजार २ सय २० मत प्राप्त गरेको छ । जसअनुसार क्षेत्र नं १ राप्रपा
नेपालले ११ हजार १३, नेका ११ हजार, एमालेले चार हजार ६८६, एमाओवादीले तीन
हजार ८ सय ३०, क्षेत्र नं ३ मा राप्रपा, नेपालले आठ हजार चार, नेकाले आठ
हजार २ सय ५२, एमालेले नौ हजार १ सय ७० र एमाओवादीले चार ३ सय ४ मत पाएको छ
।
यसैगरी क्षेत्र नं. ६ मा राप्रपा नेपालले नौ हजार ९८२, नेकाले ११ हजार
२६५, एमालेले नौ हजार १ सय ७१ र एमाओवादीले पाँच हजार ३ सय ५०, क्षेत्र नं.
७ मा राप्रपा नेपालले १० हजार १४५, नेकाले आठ हजार ४ सय ६०, एमालेले सात
हजार ६ सय ८३, एमाओवादीले चार हजार ६ सय ९४ र क्षेत्र नं ८ मा राप्रपा,
नेपालले १० हजार ५ सय २१, नेकाले १० हजार ६६, एमालले ६ हजार ७८ र
एमाओवादीले दुई हजार ९ सय ९ मत प्राप्त गरेको छ ।
त्यस्तै क्षेत्र नं. ९ मा राप्रपा, नेपालले १२ हजार ३४३, नेकाले नौ हजार
९०४, एमालेले नौ हजार ९ सय ९० र एमाओवादीले पाँच हजार ५ सय ३, क्षेत्र नं.
१० मा नेकाले १६ हजार ८ सय ६, एमालेले ११ हजार ५ सय ७, एमाओवादीले ११ हजार
३ सय ८१ र राप्रपा, नेपालले सात हजार ७ सय ४८ मत पाएको छ ।
|
0 comments
Write Down Your Responses