समाचार
»
प्रचण्डले धाँदली गरेको एमाले उम्मेदवारको आरोप
प्रचण्डले धाँदली गरेको एमाले उम्मेदवारको आरोप
९ मंसिर, काठमाडौं । सिरहा ५ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले दुई वटा गाविसको ६ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गर्नुभएको छ । श्रेष्ठ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित हुनु भएको थियो ।
श्रेष्ठले आइतबार दिउँसो सिरहाको चन्द्रलालपुर-७ चोहर्वास्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी क्षेत्र नं ५ को कल्याणपुर कालावञ्जर गाविसको प्रावि कल्याणपुर मरेवाको मतदान केन्द्र ‘क’ र ‘ख’, बडहरामाल गाविसको निमावि भुल्के मतदान केन्द्र ‘क’ र ‘ख’ मा धाँधली भएको दावी गर्नुभयो । वाइसिएल कार्यकर्ताले मतदान केन्द्र कब्जामा लिई अन्य दलका प्रतिनिधिलाई लखेटेर एकलौटी रुपमा मत खसालेको उहाँको आरोप छ ।
श्रेष्ठले मतगणना सुरु हुनु अगावै मंसिर ५ गते नै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिँदासमेत सुनुवाइ नभएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले १५ हजार २ सय ४४ मत सहित विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार श्रेष्ठले १४ हजार ३२३ मत पाउनुभएको थियो ।
0 comments
Write Down Your Responses