अन्तरघात गरेको भन्दै कांग्रेस कार्यकर्ता कुटिए


संविधान सभा निर्वाचन २०७० मा अन्तरघात गरेको भन्दै तपेन्द्रबहादुर कुवरले कर्ण कुवरलाई कुटपिट गरेका छन् । नेपाली काग्रेसको कैलालीको टीकापुरमा रहेको पार्टी कार्यालय नजिकै आइतबार विहान तपेन्द्रले कर्णलाई कुटपीट गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक भेषराज श्रेष्ठले बताए । उनका अनुसार कर्णको नाक र मुखमा चोट लागेको र टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लगिएको छ । नेपाली काग्रेसका तर्फबाट उम्मेदवार रहेका रणबहादुर रावललाई हराउन काग्रेसकै क्षेत्रिय अध्यक्ष धिजराज रेग्मीसहितका नेताहरु लागेको आरोप लगाउँदै काग्रेसका केही युवाले पार्टी कार्यालयमा शनिबार तालाबन्दी गरेका थिए । कुटपीट गर्ने तपेन्द्र फरार रहेका प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.