काठमाडौंबाटै सगरमाथा देख्न सकिने
विगतमा ओझेलमा परे पनि प्रचार प्रचारपछि विदेशी पर्यटक हिमशृंखलाको अवलोकन गर्न यस क्षेत्रमा प्रतिदिन बढिरहेको कमाण्डर पोष्टमा खबर छ । ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा अहिलेको सफा मौसकममा २ हजार २ सय ५० मिटर उचाइमा रहेको चम्पादेवीबाट नांगा आँखाले स्पष्ट देख्न सकिन्छ भने, मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायतका हिंमशृखंलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ ।
अत्यन्त सफा मौसम भएको अवस्थामा पोखराको सुन्दर हिमाल माछापुच्छ्रे समेतको हिमशृंखला पनि चम्पादेवीबाटै देख्न सकिन्छ । सफा मौसममा हिमालका सुन्दर दृश्य देख्न सकिने भएकाले अहिले उक्त क्षेत्र उपत्यकाभित्रको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको छ ।
चम्पादेवीको डाँडाबाट केवल सुन्दर प्राकृतिक दृश्य र हिमशृंखलामात्र होइन, सूर्योदय, सूर्यास्तको पनि अवलोकन गर्न सकिन्छ ।
![]() |


0 comments
Write Down Your Responses