दशैं टिका ९:५७ मा
काठमाडौ– नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिजयादशमीको टिकाको साइत २८ गते बिहान ९:५७ तोकेको छ। समितीले बिहीबार उक्त निर्णय गरेको हो। देवी बिसर्जन बिजयादशमीको दिन ९ बजेर २५ मीनेटमा उत्तम हुने जनाइएको छ। घटस्थापना (जमराराख्ने)का लागि ९ बजेर ५१ मीनेट उत्तम मानिएको छ।
उल्लेखित समयमा टीकाको साइत हुने भनिएपनि देवीको प्रसाद लगाउने भएकोले साइतमै लगाउनु पर्ने मान्यता भने नरहेको समेत समितिले जनाएको छ।
असोज २३ मा पचलीभैरव, २५ गते फूलपाती तथा तुलजा भवानीयात्राका लागि ९:३१ बजे र स्थिरासन साँझ ११ बजेको साइतमा उचित हुने जनाइएको छ।
सोही अनुसार महाअष्टमी कालरात्रि आश्विन २६ गते शनिवारका दिन तथा २७ गते महानवमी,२८ गते सोमवार बिजयादशमी परेको छ। यसै गरी तुलजाभवानी यात्रा बिहान १० बजेर ११ मीनेट जाँदा, स्विरासन ११ बजेर २९ मीनेट जाँदा रहको छ।
यसै गरी ३१ गते अखिलबलिवुर्ति, कार्तिक १ गते कोजाग्रत साइत रहेको जनाएको छ।
0 comments
Write Down Your Responses