मोडलिङ वापतको पारिश्रमिक फिर्ता गरे भुवन केसीले, एमाओवादी गीतमा ननाच्ने
१३ असोज, काठमाण्डौं । एमाले प्रवेश गरेका अभिनेता भुवन केसीले एमाओवादीले चुनाव प्रचारका लागि तयार पारेको गीतमा मोडलिङ गर्न अस्वीकार गरेका छन् । स्रोतका अनुसार केसीले लिएको पारिश्रमिकसमेत फिर्ता गरिदिएका छन् । उनले कति पारिश्रमति लिएका थिए भन्नेबारे भने स्पष्ट पारिएको छैन् ।
एमालेबाट चुनाव लड्ने तयारीमा रहेका भुवन समाचार प्रकाशमा आएपछि माओवादीको चुनावी प्रचारको गीतमा मोडलिङ गर्न हिचकिचाएको स्रोतले बतायो । यसअघि सो गीतमा रेखा थापा र भुवन केसीले मोडलिङ गर्ने तय भएको थियो । एकीकृत माओवादीले मधेसलाई चुनावका लागि रणनीतिक महत्व दिएको छ । सो पार्टीले अध्यक्ष प्रचण्डलाई पूर्वीमधेसबाट उठाउने निर्णय गरिसकेको नयाँ पत्रिकामा खबर छ । उक्त माओवादीको चुनावी गीतमा आवाज भने उदितनारायाण झाले दिएका छन् ।

0 comments
Write Down Your Responses