कम्प्युटरको एक क्लिकमा घरमै तरकारी
१२ असोज, काठमाडौं । नेपालमा अनलाइनबाट तरकारी किन्ने उपभोक्ताहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समय उपभोक्ता अनलाइनमा अभ्यस्त हुँदै जाँदा अनलाइन सपिङमा पनि आकर्षण बढ्दै गएको अनलाइन सपिङ सञ्चालकहरुको बुझाइ छ । अनलाइन सपिङमा उपभोक्ताको आकर्षण बढ्दै जान थालेपछि व्यवसायीहरु पनि यसतर्फ आकषिर्त हुँदै गएका छन् ।
मेट्रो तरकारी डट कमले विभिन्न प्रकारका तरकारी, सागसब्जी, मासु र फलफूल घर घरमा डेलिभरी गर्दै आएको छ । बजार मूल्यकै हाराहारीमा वस्तुहरु घरमा डेलिभरी हुने कम्पनीले जनाएको छ । अनलाइनमा अर्डर गरेपछि घरमै वस्तु आउने यो सेवा घरमा वृद्धवृद्धा मात्र भएका र छोराछोरी विदेश भएका परिवारमा अझ बढी उपयोगी छ । विदेशमा रहेका युवायुवतीले अनलाइनमार्फत अर्डर र रकम भुक्तानी गरेपछि काठमाडौंमा व्यवसायीहरुले सम्बन्धित घरमा तरकारी पुर्याइदिन्छन् । आफूहरुले विदेशबाट रकम भुक्तानी गरेर यहाँको घरमा डेलिभरी गर्नको लागि पेपालसँग सहकार्य गरिएको मेट्रो तरकारीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताउनुभयो । नेपालभित्रै भने अनलाइन पेमेन्टको लागि सम्बन्धित साझेदारसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो । अहिले अनलाइनमा अर्डर गरेर घरमै तरकारी मगाएर भुक्तानी दिन सकिने वा कम्पनीको बैंक खातामा रकम जम्मा गरेर अर्डर गर्न सक्ने वा कम्पनीले जारी गरेको पि्रपेड कार्डबाट पनि खरिद गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses