एडल्ट सर्टिफिकेट दिने सेन्सरप्रति सुमिनाको आपत्ति !
काठमाडौं– आफूले खेलेको फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि अभिनेत्री सुमिना घिमिरेले आपत्ति जनाइन्। आफ्नो पछिल्लो फिल्म 'स्टार'लाई 'एडल्ट' सर्टिफिकेट दिइनु अन्यायपूर्ण भएको भन्दै सुमिनाले दाबी गरिन्, 'फिल्म सबैका लागि निर्माण गरिएको हो। बालबालिकाले हेर्न र सुन्न नहुने कुनै पनि कुरा यसमा समावेश छैन। सेन्सर बोर्डले एडल्ट सटिफिकेट दिने आधार निर्धारण गर्न जानेन।' काठमाडौंमा बिहीबार आयोजित फिल्म 'स्टार'को गीत विमोचन समारोहमा सुमिना आक्रोशित भएकी हुन्। सेन्सर बोर्डले आपतिजनक संवादको कारण देखाउँदै १६ वर्षमुनिकालाई यो फिल्म निषेध गरेको हो।
सुमिनाले यसअघि खेलेका फिल्म 'लभ फरेभर', 'अप्रिल फुल' र 'नाइन ओ क्लक'ले समेत एडल्ट सर्टिफिकेट पाएका थिए। त्यहीभएर पनि उनी बढी आवेगमा थिइन्। 'फिल्म अनुसारको भूमिकामा काम गर्नुपर्छ। नेपाली फिल्म क्षेत्रको विकृतिबारे यसमा कथा,' उनले भनिन्, 'सेन्सर आपत्ति जनाएका संवादहरु फिल्मको कथानुसारकै छन्।'
सांस्कृतिक कार्यक्रमका लागि कतार जान लागेकी सुमिना दशैंपछि 'एउटा साथी' फिल्मको सुटिङमा व्यस्त हुनेछिन्।
आगामी कात्तिक १ देखि रिलिज हुन लागेको फिल्म 'स्टार' को निर्देशन महेन्द्र बुढाथोकीले गरेका हुन्। 'पारिवारिक फिल्मलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएकोमा अचम्म लागेको छ,' निर्देशक महेन्द्रले उदेक माने। अर्जुन पोखरेल र सर्वज्ञमान शाक्यले फिल्ममा संगीत दिएका छन्। निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, रुपा खनाल, सिपी पौडेल र गणेश उप्रेती लगायतले अभिनय गरेको फिल्मको गीत शोभित बस्नेत, विजयरत्न तुलाधार र शान्तिप्रिय लगायतले विमोचन गरे।
![]() |


0 comments
Write Down Your Responses