प्रचण्डविरुद्ध डोटी बन्दको घोषणा


२ कात्तिक, डोटी । एमाओवादी अध्यक्ष प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न हेलिकोप्टर चढेर डोटी आउने थाहा पाएपछि वैद्य माओवादीका कार्यकर्ताले शनिबार डोटी जिल्ला बन्दको घोषणा गरेका छन् । त्यसैगरी प्रचण्डको कार्यक्रम बिथोल्न बाजुरा जिल्लासमेत बन्दको घोषणा गरिएको स्थानीय माओवादी कार्यकर्ताले जनाएका छन् । वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले चुनाव प्रचारका क्रममा शीर्ष नेताहरु जिल्ला प्रवेश गरेमा उक्त जिल्ला बन्द गर्ने कार्यक्रम पहिल्यै तय गरेकाले त्यसैको कार्यान्यवनका लागि शनिबार डोटी बन्दको घोषणा गरिएको जनाएका छन् । जिल्ला बन्दको क्रममा डोटीको सिलिगुडीमा वन्द पक्षधर नेकपा माओवादीका जिल्ला इञ्चार्ज विवेक कुमाल, सह इञ्चार्ज दीपेन्द्र चलाउने, जिल्ला सचिव गणेश रैकाल, जिल्ला सचिवालय सदस्य वीरबहादुर थापालाई सिलगडीबाट शनिवार विहानप्रहरीले पक्राऊ गरेको माओवादीले जनाएको छ । प्रचण्ड हेलीकोप्टर सिलिगुडी आउने सुनेपछि माओवादी कार्यकर्ताले जिल्लाको यातायात ठप्प पारेको जनाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.