अदालतले जिउँदालाई मरिस् भनेपछि लोग्नेको विचल्ली, स्वास्नी मख्ख

उनी आफु जिउँदै छन् । अहिले ६१ वर्षका भए । तर जिउँदै तथा सग्लै भएर के भो – कानूनले उनलाई जिउँदो मान्दैन, कानूनको नजरमा उनी मरिसकेका छन् । त्यसैले उनलाई अदालतले जिउँदो मान्छे मान्न अस्विकार गरेको छ ।
अमेरिकाको ओहियोका ६१ वर्षका डोनाल्ड मिलर ३१ वर्षपहिले बेपत्ता भएका थिए । बेपत्ता भएको ८ वर्षसम्म पनि फेला नपरेपछि कानूनी हिसाबले उनलाई स्थानीय प्रशासनले मृत घोषित गर्यो ।
3826_dead-2
उनी त्यसपछि एक्कासी भेटिए । सन् २००५ मा उनलाई सवारी चालक अनुमति पत्रको जरुरी पर्यो । उनी आवेदन दिन सरकारी कार्यालयमा पुगे । उनि त्यसबेला छाँगाबाट खसे जब सरकारी कर्मचारीले भने, यो मान्छे त मरिसकेको छ, मरेकालाई लाइसेन्स दिन मिल्दैन ।
आफुलाई जिउँदै मारेपछि उनी आफु जिउँदै रहेको प्रमाणित गर्न अदालतको ढोका ढक्ढकाए । उनलाई अदालतले मृत घोषणा गर्ने निर्ण्र्ााठीक रहेको फैसला गरिदियो ।
आफु न्यायाधीशकै अगाडि बसिरहेको, म मरेको छैन भनि भनिरहेको अवस्थामा न्यायाधीशले आफुलाई ज्यूँदो नदेख्नु दुखको कुरा भएको उनी बताउँछन् । फैसलाका क्रममा न्यायाधीशले भनेका थिए की यो फैसलाले तपाइँलाई के असर पर्छ मलाई थाहा छैन । तर जहाँसम्म कानूनी सवाल छ, तपाइँ मरिसक्नु भएको छ ।
मिलरले आफ्नो जागिर गुमेको पिरमा नशा लिएर आफु घर छाडेर भागेको र पछि घर फर्किँदा मात्र आफुलाई आफु मृत घोषित भैसकेको कुरा थाहा भएको बताए । तल्लो अदालतको फैसला विरुद्ध उनले ३० दिनभित्रमा पुनरावेदन गर्न पाउँछन् ।
उता प्रशासनलाई पनि समस्या परेको छ । उनकी श्रीमतीलाई अब विधुवाको रुपमा सामाजिक सुरक्षा भत्ता दिने की नदिने ? दिउँ भने श्रीमान सँगै छ । नदिउँ भने अदालतले श्रीमानलाई मृत घोषित गरिसकेको छ ।
अझ रोचक कुरा त के भने मिलरकी श्रीमती रोविन पनि आफ्नो लोग्नेलाई अदालतले मृतक घोषित गरिदिएकोमा खुसी छिन् । यदि श्रीमान कथंकदाचित जिउँदो घोषित भए भने श्रीमती रोविनले आजसम्म लिएको सामाजिक सुरक्षा भत्ता फिर्ता गर्नुपर्ने हुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.