सेना ३ गते देखी सडकमा
सैनिक प्रवक्ता सहायक रथि जगदिश पोख्रेलले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनको एक महिनाअघि निर्वाचन सुरक्षा बेस क्याम्प खडा गरेर काम सुरु गर्ने बताए । उनका अनुसार सेनाले फ्याग मार्च र पेट्रोलिङको काम गर्नेछ । 'चुनाबी सुरक्षाका लागि सबै सुरक्षा निकाय सडकमा छन् भनेर जनतालाई जानकारी गराउनु हो', सहायक रथी पोख्रेलले भने, 'सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउने हो ।' नेपाली सेनाको ब्यवस्था तथा युद्ध कार्य महानिर्देशनालयले निर्वाचनको जिम्मेवारी सम्हाल्नेछ । त्यहाँ खडा गरिएको 'केन्द्रिय कमाण्डपोष्ट जंगी अड्डा'ले चुनाबी मैदानमा खटिने सेनासँस समन्वयको काम गर्नेछ । चुनाबमा ६१ हजार ९ सय ९५ सैनिक खटिदैछन् ।
सेनाले एकीकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लामा मतदान स्थलबाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सम्हाल्नेछ । अतिसंवेदनशिल तथा संवेदनशिल जिल्लामा मतदान स्थलको तेस्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपुर्ण प्रतिष्ठान, संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ ।
चुनाबका बेला आपत्तकालिन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार सामाग्री तथा हेलिकप्टरको ब्यवस्थापन पनि सेनाले नै गर्नेछ । निर्वाचनको अवधीमा फेला पर्नसक्ने बिस्फोटक पदार्थलाई निस्तेज पार्न बम डिस्पोजल टोली परिचालन गर्नेछ । मतपत्र छपाईमा सेनाले सुरक्षा दिनेछ । बिकट क्षेत्रमा मतपत्र, मतपेटिका, तथा निर्वाचन सामाग्री ढुवानीको काम पनि सेनाले गर्ने तय भएको छ । आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम स्ट्राईकिङ र मोबाइल टोली परिचालन गरिनेछ ।
सुरक्षा योजना अनुसार पिकेटिङ, फ्लाग मार्चका लागि २५ हजार नेपाली सेना खटिएका छन् । चुनाबका लागि केन्द्रदेखि जिल्ला तहसम्म रिजर्भ फौज २१ हजार २५ जना खटिनेछन् । यस्तै बम डिस्पोजलको लागि ९ सय ६० जना फौज खटाउने भएको छ । मतपत्र छपाई तथा परफोरेटिङ, मतपत्र, मतपेटिका तथा अन्य सामाग्री ढुवानीमा ७ हजार ३ सय ९० सैनिक खटिनेछन् । हवाई पेट्रोल तथा स्ट्रयाईकिङ फौज ५ वटा एयर बेस स्थापना तथा परिचालनका लागि ३ सय ५० जना छन् । निर्वाचन सेल तथा कमाण्डमा १ हजार २ सय ७० परिचालन हुनेछन् । नेपाल प्रहरीले सुरक्षा प्रदान गर्दै आएको बिमानस्थल लगायतका महत्वपुर्ण प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले लिनेछ छ । त्यसमा ६ हजार नेपाली सेना खटिनेछन् ।

0 comments
Write Down Your Responses