म्यादी प्रहरीका ५० हजार कपडा जलाउने प्रयास
१० कात्तिक, काठमाण्डौं । म्यादी प्रहरीका लागि तयार पारिएको ५० हजार सेट कपडा जलाउने प्रयास भएको छ । ठेकदारले कपडा सिलाएर प्रहरी कार्यालयतर्फ लैजाने क्रममा शनिबारसाँझ बालकुमारीमा जलाउने प्रयास भएको हो ।
म्यादी प्रहरीका कपडा जलाउन खोज्ने व्यक्ति नेकपा-माओवादीका कार्यकर्ता हुन सक्ने प्रहरीले आशंका गरेको छ । पोसाक सिलाएर प्रहरी प्रधान कार्यालय नक्साल लैजाने क्रममा दुई व्यक्तिले गाडी रोकेका थिए कपडामा पेट्रोल खन्याएर गाडीमा फ्याँकी उनीहरु भागेका थिए तर जल्न पाएन । तत्कालै ठेकेदारले प्रहरीलाई खबर गरेको थियो । तर, उनीहरु पक्राउ पर्न सकेका छैनन् ।
देशभरीका ४५ हजार म्यादी प्रहरीका लागि प्रहरी प्रधानकार्यालयले ललितपुरको एक कारखानामा कपडा सिलाएको नयाँ पत्रिकामा खबर छ । यसको सूचना पाइ नेकपा-माओवादीका कार्यकर्ताले कपडा बोक्ने गाडी जलाउने योजना गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
|
0 comments
Write Down Your Responses