'एमाओवादीले भोट माग्न घुम्टो ओढेर आउनुपर्छ'
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले जनतामाझ फेरि भोट माग्न आउन नसक्ने बताएका छन् ।
'कुन मुखले भोट माग्न आउँछन् उनीहरु ?,' काठमाडौं- २ को चुनावी अभियान
लिएर नाङ्लेभारे पुगेका उनले भने, 'जनतासँग भोट माग्न अब घुम्टो ओढेर
आउनुपर्छ ।' उनले एमाओवादीका कारण संविधानसभा विघटन भएको आरोप लगाए ।
एमाओवादी जातीय दंगा भड्काउने, राष्ट्रिय एकता तोड्ने, सामाजिक सदभाव बिथोल्नेतर्फ उद्दत रहेको उनले बताए । नेता नेपालले विदेशीको दलालीका लागि एमाओवादीले जनताविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।
नेता नेपालले बिहीबारदेखि नाङ्लेभारे, लप्सीफेदी, बज्रयोगिनी गाविसमा घरदैलो गरेका छन् । उनले बज्रयोगिनीमा अन्तर्राष्ट्रियस्तरको विद्यालय निर्माण कार्य सुरु गरेको जानकारी दिए । आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रमा छुट्याएको डेढ करोड रुपैयाँ माओवादी सरकारले रकमानन्तर गरेकोमा उनले आपत्ति जनाए ।
नेता नेपालले एमालेले सुरु गरेको बृद्धभत्तालाई मासिक एक हजार रुपैयाँ पुर्याउने जानकारी दिंदै गाविसलाई दिइने अनुदान पनि ५० लाख रुपैयाँ पुर्याउने जानकारी दिए ।
'कुन मुखले भोट माग्न आउँछन् उनीहरु ?,' काठमाडौं- २ को चुनावी अभियान
लिएर नाङ्लेभारे पुगेका उनले भने, 'जनतासँग भोट माग्न अब घुम्टो ओढेर
आउनुपर्छ ।' उनले एमाओवादीका कारण संविधानसभा विघटन भएको आरोप लगाए ।एमाओवादी जातीय दंगा भड्काउने, राष्ट्रिय एकता तोड्ने, सामाजिक सदभाव बिथोल्नेतर्फ उद्दत रहेको उनले बताए । नेता नेपालले विदेशीको दलालीका लागि एमाओवादीले जनताविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।
नेता नेपालले बिहीबारदेखि नाङ्लेभारे, लप्सीफेदी, बज्रयोगिनी गाविसमा घरदैलो गरेका छन् । उनले बज्रयोगिनीमा अन्तर्राष्ट्रियस्तरको विद्यालय निर्माण कार्य सुरु गरेको जानकारी दिए । आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रमा छुट्याएको डेढ करोड रुपैयाँ माओवादी सरकारले रकमानन्तर गरेकोमा उनले आपत्ति जनाए ।
नेता नेपालले एमालेले सुरु गरेको बृद्धभत्तालाई मासिक एक हजार रुपैयाँ पुर्याउने जानकारी दिंदै गाविसलाई दिइने अनुदान पनि ५० लाख रुपैयाँ पुर्याउने जानकारी दिए ।
![]() |

0 comments
Write Down Your Responses