राष्ट्रपति र उपराष्ट्रपति परिर्वतन हुनुपर्छ -भट्टराई
१५ मंसिर, बुटवल । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले नयाँ जनादेशसँगै राष्ट्रपति र उपराष्ट्रपति पनि परिवर्तन हुनुपर्ने बताउनुभएको छ । नयाँ निर्वाचन मार्फत जनप्रतिनिधीहरु नै नयाँ आएका कारण दुई पद परिवर्तन हुनुपर्ने र पहिलेको संविधानसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया अन्त्य भएको भट्टराईले बताउनुभयो ।
अनेकन षडयन्त्र गरेर चुनाव पार्टीको
पक्षमा पार्न नदिएको चर्चा गर्दै उहांले यसबाट आफ्नो पार्टी विचलित नहुने
पनि दाबी गर्नुभयो । नेपाली क्रान्ति गंभिर मोडमा रहेको भन्दै भट्टराईले
संक्रमणकालिन यो स्थितिमा सबै सचेत भएर अगाडी बढ्नुपर्नेमा जोड पनि दिनुभयो
।
एमाओवादी नेता भट्टराईले मतदान तथा गणनामा
भएका षडयन्तको उचित छानविन गरी सत्यतथ्य बाहिर नल्याएर निर्वाचनको
बैद्यतामाथि नै प्रश्न आउने बताउनुभयो । मतपेटिका ओसार्दादेखि विभिन्न
कार्यमा धाधली भएका तथ्य सबै सामु छलङग भएको भट्टराईको भनाई छ ।
![]() |


0 comments
Write Down Your Responses