समानुपातिकको संशोधित सूची बुझाउँदै दलहरू


३१ असोज, काठमाडौ ।मंसीर ४ को संविधानसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारहरुको संशोधित सूची दलहरुले निर्वाचन आयोगमा आज बुझाउँदैछन् । दलहरुले गत असोज १८ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा अन्तिम पटक परिवर्तन गरी संशोधन गरिएको सूची आज आयोगमा बुझाउनुपर्नेछ । चुनावको मिति आउन अब एक महिनामात्र बाँकी रहेको अवस्थामा अहिलेसम्म ठूला तीन दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । एमालेले प्रत्यक्षतर्फका उम्मेद्वारहरुको नामसागै घोषणापत्र ल्याउने दावी गरेपनि उसले समानुपातिकका उम्मेद्वारहरुको अन्मित सूचि र घोषणापत्र टुंगो लगाएको जनाएको छ । अन्य ठूला दलहरु कांग्रेस र एमाओवादीको पनि घोषणपत्रको अहिलेसम्म टुंगो छैन । दुवै पार्टीले घोषणापत्रको तयार पारिसकेको जनाएपनि अहिलेसम्म सार्वजनिक गरेका छैनन् । दलहरुले यसअघिका चुनावमा उम्मेद्वारी घोषणा गर्नुअघि नै घोषणापत्र ल्याउने गरेका थिए । यो पटक दुवैतर्फका उम्मेदवारको टुंगो लाग्न लाग्दा पनि ठूला दलहरुको घोषणापत्र मतदातासम्म पुग्न सकेको छैन । संविधानसभाको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा राजावादी पार्टी राप्रपा नेपाल पहिलो भएको छ । उसले असोज २२ गते नै आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.