दशैंमा ज्वाइँलाई दश रुपैयाँ दिनु बेस


दशैंको समयमा अन्य समय भन्दा तीन दोब्वर दैनिक उपभोग्य वस्तु खपत हुने गर्दछ । यस सयममा आयात पनि कम्तिमा अन्य समयको तुलनामा दोब्बर हुने गरेको छ । नेपालमा आम्दानीको मोटामोटी ९१ प्रतिशत उपभोगमै खर्च भै वचत केवल ९ प्रतिशत हुने गरेको छ । निकै मिहेनत र दुःख गरेर खाई नखाई गरी विदेशी भूमिमा कमाएको रकम देशैंको नाममा उरल-धुरल ढंगले खर्च गर्नु मनासिव छैन ।
विदेशी भूमिमा सधै काम गरेर कमाउन सकिन्न । पाखुरा वलियो भएको वखत कमाएको रकम वचत गरेर भविष्यमा स्वरोजगार गर्न वचत गर्नु पर्छ । दशैंमा नयाँ लुगा लगाउने होईन सफा लुगा लगाउने हो । दशैंमा कोचेर खाने होईन, सबै परिवार भेला भएर खुसीयाली मनाएर भविष्यका लागि आर्थिक विकासको योजना वनाउने समय हो । कैयौं सामाग्री नयाँ खरिद गर्नु भन्दा घरमा भएका सामाग्री मर्मत गरेर काम चलाउन सकिन्छ ।
दसैंमा मासु
दशैंमा मासु भात खाने भनेर अपाच्य हुने गरी वोसो, छाला, चिल्लो ज्यादा खानु हुँदैन । दैनिक मासु खानु शरीरका लागि हानिकारक पनि हो । एकैपटक धेरै मासु पकाएर वासी मासु खानु शरिरका लागि धातक हुन सक्छ । खसी वोका काटेर खाने हो भने प्रत्येक दिनका लागि छुट्टा छुट्टै पोका वनाई पि|mजमा राख्नु पर्छ । कसैकहाँ टिका लगाउन जाँदा वासी मासु खानु भन्दा फलफूल मागेर खानु वेस हो । छिमेकीलाई वा नातागोतालाई देखाउनकै लागि खसी, वोका, राङ्गा खरिद गर्नु ठीक छैन ।
टीका लगाउँदा दक्षिणा 
ज्वाइँ, भान्जा, छोरी लगायतलाई जति वढी दक्षिणा दियो उत्ती ठूलो भइन्छ भन्ने भ्रमवाट हट्नु पर्छ । दशैंमा टिका लगाएर आर्शिवाद दिने हो नगदको विटो दिने होइन । परम्परा संस्कृति अनुसार ज्वाइँ, भान्जालाई दक्षिणा दिनै परे पाँच वा दश वा बीस रुपैया दिनु वेश हुन्छ । यो ट्याक्सी भाडा वरावर दिने वा एक दिनको ज्याला वरावर दिने कुरा होईन ।
नेपाल राष्ट्र बैंकले एउटा नोट छपाई गर्दा औषतमा ५/६ रुपैया खर्च गरेको हुन्छ । यसर्थ दशैंमा अक्षता खर्किन, नोटलाई पानीमा भिजाउन, नोट माथि पूजा गर्ने वा नोटलाई कच्याक कुचुक पार्नु हुँदैन । दक्षिणारुपी पाँच, दश वा वीसका नोट खाममा राखेर दक्षिणा दिदा धेरै दिए की थोरै दिए, त्यसको हिसाव-किताव हुँदैन भन्ने ठान्नु पर्छ । दक्षिणा भन्दा आर्शिवाद हृदयदेखि नै दिनुपर्छ ।
मापसेको कुरा
मादक पदार्थ सेवन गर्ने त कुरै गुर्न हुँदैन । पिउनै परे दशैंको कुनै एक वा बढीमा दिन एक दुई पेगसम्म पिउने हो । तपाईले पिउदा तपाईको परिवारले तपाईलाई कुन रुपमा लिएको छ, सो कुरामा गम्भीर हुन जरुरी छ । मापसे गरेर सवारी साधन त चलाउनु हुँदै हँुदैन । यसवाट दुर्घटनामा पर्ने संभावना प्रवल हुन्छ । ट्राफिक प्रहरी चारैतिर खटिएका छन । दशैं नै चौकीमा मनाउनु पर्ने हुन सक्छ ।
जुवा, तास र लंगुरबुर्जा
जुवा, तास, लंगुरवुर्जा खेल्नु खेलाउनु नेपालमा गैरकानूनी काम हो । प्रहरी प्रशासन यस कुरामा चनाखो छ । यसर्थ वेईज्जतीमा परिने डरले पनि यी खेलमा सहभागी हुनु हुँदैन । पैसाको खती हुने, परिवारलाई दशैं खल्लो मान्ने, अर्काले जुवाडे भन्ने जस्तो गलत काम विर्सिएर पनि गर्नु हुँदैन ।
विदेशबाट आउने  नेपालीले के गर्ने ?
विदेशमै बसेका नेपाली पनि दशैंमा नेपाल आउँछन् । यसवखत उनीहरुले घरमा, मामाघरमा, ससुरालीमा वा माईतीमा टिका लगाउन जाँदा ती क्षेत्रको आर्थिक संभाव्यता नियाल्नुपर्छ । आफू नेपाल फर्किएर कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भनी पारख गर्ने यो स्वर्ण अवसर हो । त्यसैले आफू जन्मिएको मातृभूमिमा कोही लगानी गरी केही संख्यामा युवालाई रोजगारी दिन सके आˆनो धर्तीमाता प्रतिको वोझ हल्का हुन्छ भन्ने वुझ्नु पर्छ ।
नेपाल कृषि प्रधान देश हो । कृषि उत्पादनमा आधारित प्याकेजिङ्ग वा प्रोसेसिङ्ग उद्योग स्थापना गर्न संभाव्यता हेर्नु पर्छ । नेपालमा अर्गानिक कफी, चिया उत्पादन हुन्छ । यार्सागुम्वा, पाँचऔले, जटामसीको उत्पादन आफू वसेको देशमा निकासी गर्न सकिन्छ कि, सो को संभाव्यता हेर्नु पर्छ ।
प्राकृतिक रुपमा यो मुलुक सुन्दर छ, यसर्थ पर्यटनका क्षेत्रमा लगानी गरी आफू वसेको मुलुकवाट पर्यटक ल्याउन सकिन्छ कि, सो को संभाव्यता हेर्नु पर्छ । छोटो समयका लागि विदामा आएकोले तास खेल्ने, जुवा खेल्ने, साथी भाइ मिलेर डि्रङ्क गरेर समय विताउने भनेको वहूमूल्य समयको महत्व नवुझ्नु सरह हो । यस वखत नेपाल आएका गैर आवासिय नेपालमा जानफकार व्यक्तिहरुसँग समय लिएर नयाँ नयाँ कुरा जानेर वुझर लाभान्वित भएर फर्किनु पर्छ ।
दशैंमा के गर्ने त ?
कम्तिमा आफूले पढ्न ईच्छा गरेको, तर समयले पढ्न नसकेको ४/५ वटा किताव पढ्ने । मुलुकभित्रको रमणीय स्थान, आर्थिकरुपमा संभावना भएको स्थान, कृषि खेतीको नमूना स्थान, ऐतिहासिक स्थल लगायतका ठाउँमा भ्रमण गरी ज्ञान लिने । जिम्मेवारीको पदमा पुगेकाले आफूले काम गरिरहेको क्षेत्रका विज्ञसँग के गरेमा मुलुकको आर्थिक सम्बृद्धि हुन्छ भन्ने विषयमा विचार विमर्श गर्ने । आफूले के गरियो, के गरौला भन्ने कुरा के कारणले गर्न सकिएन र अबका दिनमा के गर्ने भनी विगतको समीक्षा र भविष्यको कार्य योजना बनाउने ।
परिवारका सबै सदस्य दैनिक भेला भएर प्रत्येकको भविष्यको योजना के छ, सबैले सुन्ने, योजना सुनाउनेलाई अरुले सुझाव दिएर आपसी आत्मियता वढाउने । वर्षभरि भेट्न नसकेका, तर आफूले भेट्नु पर्ने व्यक्तिको नामावली तयार गरेर भेटघाट गर्ने ।
जसरी कार्यालय सफाई, मन्दिर सफाई, वागमती सफाईको अभियानमा सरिक भईन्छ, त्यसैगरी दशैंमा कुनै एक दिन आˆनो घर सफाईमा सबै परिवारका सदस्यलाई सहभागी तुल्याई हाँसी खुसी घर सफा गर्ने ।
वर्षभरिमा छिन्न भिन्न भएका, तर दशैं मान्न भेला आएका आˆना दौंतरीसँग पाका उमेरका, महिला, युवा सबैले आफूले जीवनमा हासिल गरेका उपलब्धिका वारेमा वसेर समीक्षा गरेमा जीवनमा ठूलै लाभ लिन सकिन्छ । दशैंका वखत आˆना व्याचका साथी, जागिरे जीवनका दौतरी, पत्रकारिता पेशाका मनमिल्दा दौतरी सामूहिक रुपमा भेटघाट गरेर विचार-विमर्शवाट लाभान्वित हुन सकिन्छ । दशैंको सार्वजनिक विदाको प्याकेज तयार पारेर खाने, रमाउने, घुम्ने, पढ्ने, भेटघाट गर्ने, चँगा उडाउने, वृद्धाश्रम वा वाल गृह गएर मानवीय सेवा गर्ने गर्दा जीवनमा नयाँ उत्साह र उमंग पैदा हुन्छ ।
उपहार र उपसंहार
दशैंमा स्वदेशी वस्तुको उत्पादन नै उपहारमा दिनु पर्छ । आयातित गलवन्दी भन्दा नेपाली ढाका वा भादगाउले टोपीले नै नेपालीको शीर उचो गर्ने छ । स्वदेशी वस्तुको खपत वृद्धिमा जोड दिँदा नै मुलुक औद्योगिकीकरण तर्फ उन्मुख हुन्छ ।
परिवार ठूलो छ वा एउटै वर्ग, समूह वा समुदाय वा एउटै थरका मानिसहरु घर-घरमा टीका लगाउन जानुको सट्टा कुनै एउटा भवन, कोठा वा चौरमा भेला भई टिका-टालो गर्दा दौड धुप गर्नु नपर्ने, कोही नछुट्ने, नाताको ज्येष्ठता अनुसार टिका टालो गर्न सकिने हुन्छ । यस्ता कार्यक्रममा आˆनो व्यवसाय र आˆनो उत्पादन उपहार स्वरुप दिन वा प्रयोग गर्न सकिन्छ ।
वडादशैंमा मुलुकभित्र आ-आˆनो तर्फवाट अर्थतन्त्र निर्माण गर्ने एउटा महत्वपूर्ण अवसर हो । यस्को अधिकतम् सदुपयोग गर्नु पर्छ । यत्ती महत्वपूर्ण दिनहरु व्यर्थमा खेर फाल्नु हुँदैन । अन्त्यमा, सबैमा हार्दिक मंगलमय शुभकामना छ ।
(लेखक -प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हुनुहुन्छ)

0 comments

Write Down Your Responses

Powered by Blogger.